ad ad

खेल


त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि नेपाललाई

सन्दीपको कप्तानीमा पहिलो सफलता
त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि नेपाललाई

त्रिवि क्रिकेट मैदानमा उपाधिसहित नेपाली क्रिकेटर। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत २१, २०७८ सोमबार १५:४०, काठमाडौँ

अलराउन्डर दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले टि १० आई त्रिकोणात्मक सिरिजको उपाधि घरमै राखेको छ। 

सोमबार भएको फाइनल खेलमा नेपालले पीएनजीलाई ५० रनले हराएको हो। 

सिरिजमा अपराजित रहेको नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो। सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पहिलो खेलमा १५ र दोस्रो खेलमा ३७ रनले हराएको थियो।

मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो। 

नेपालले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १  ओभरमा १ सय १८  रन बनाउँदा अलआउट भयो। 

पीएनजीलाई कम स्कोरमा रोक्न दिपेन्द्र सिंह ऐरी एक्लैले ४ विकेट झारे। घातक बलिङ गरेका ऐरीले आफ्नो स्पेलमा मात्र १८ रन खर्चे। करण केसीको नाममा एक विकेट रह्यो। 
 कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा २५ रन खर्चे। 

पीएनजीका सेसे बाउले ५९ रनको योगदान दिएपनि टोलीको हार टर्न भने सकेनन्। बाउ करण केसीको बलमा अविनास बोहोराको हातबाट क्याच आउट भए।

काल्र्स अमिनीले १५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रनको मध्यम योगफल तयार पारेको थियो। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। ओपनर कुशल २५  आशिफ २९ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। 

११ औँ ओभरमा लगातार ३ विकेट गुमेपछि दबाबमा आएको थियो। टोलीका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै इनिङस् उकासेका थिए।

आदिलले १५ रन थपे। आदिलले १३ बलमा १ चौका र १ छक्का हाने। 

सातौँ विकेटका लागि ऐरी र करण केसीले ५४ रनको रनको साझेदारी गरे। ऐरी ५४ र केसी ३३ रनमा नटआउट रहे। ऐरीले टि २० आई क्रिकेटमा पाँचौ अर्धशतक पुरा गरे।

ऐरीले ३८ बलमा ५ चौका हाने। ऐरीले १२ बलमा १ छक्का हाने। रोहित पौडेल २ तथा आरिफ शेख र दिलिप नाथ शुन्य रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .