विश्वकप क्रिकेट छनोटमा निराशाजनक प्रदर्शन गरेको नेपालले घरेलु भूमिमा मलेसिया र पपुवा न्युगिनीसमेत सहभागी त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ।
फाइनल भिडन्तमा पीएनजीलाई ५० रनले हराउँदै उपाधि जित्ने क्रममा नेपाली खेलाडीहरु बलिङ र ब्याटिङ दुवैमा परिपक्वता देखाए।
टर हारेर ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले अलराउन्डर प्रदर्शन गरे। यसअघिका खेलहरूमा ब्याटरले निराश बनाउने गरेका थिए।
तर यो श्रृंखलामा ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्दा घरेलु दर्शकले पनि खुसी साट्न पाए।
60
Shares
प्रतिक्रिया