ad ad

खेल


नेपालले जिम्बाबेसँग टी-२० र एक दिवसीय सिरिज खेल्ने

नेपालले जिम्बाबेसँग टी-२० र एक दिवसीय सिरिज खेल्ने

नेपालखबर
चैत २१, २०७८ सोमबार २१:३, काठमाडौँ

भर्खरै सम्पन्न टी-२० आई त्रिकोणात्मक सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबेको टोलीसँग एक दिवसीय र टी–२० सिरिज खेल्ने भएको छ। 

नेपालसँग तीन एक दिवसीय र ३ टी–२० सिरिजका लागि जिम्बावे ए टोली नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। 

नेपालले जिम्बाबेसामु ३० अप्रिलदेखि ७ मे सम्मको समय प्रस्ताव गरेको छ। जुन समयमा नेपालसँग खेल्नका लागि जिम्बाबेको टोली सकारात्मक देखिएको छ। यसबारेमा क्यानले केही दिनमा औपचारिक जानकारी दिने मल्लले बताए। 

जिम्बावेको ए टोली आउने भएकाले सो प्रतियोगिता ओडिआई र टी–२० आई मान्यता भने पाउने छैन। यद्यपी सो प्रतियोगितालाई लिष्ट ए र टी–२० मान्यता भने पाउनेछ। 

नेपालले आगामी जुनमा आइसीसी विश्वकप लिग २ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज देल्नेछ। अमेरिकालगत्तै विश्वकप लिग २ का लागि स्कटल्याण्डसँग खेल्नेछ। 
सिरिजको तयारीका लागि नेपालले जिम्बाबेसँग खेल्न लागेको हो। 

नेपालले सोमबार मात्रै पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो। नेपालले फाइनल खेलमा पीएनजीलाई ५० रनले हराउँदै सिरिजको उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .