ad ad

खेल


क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

नेपालखबर
चैत २१, २०७८ सोमबार २१:१४, काठमाडौँ

प्रधानमन्त्री शेर बहादुर देउवाले त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। 

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत सिरिज विजेता टोलीलाई बधाई दिएका हुन्। 

नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा अपराजित रहँदै सिरिजको उपाधि जितेको थियो।  

सोमबार भएको फाइनल खेलमा नेपालले पपुना न्यू गिनीलाई ५० रनले हराउँदै उपाधि जितेको थियो। 

नेपालले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १८ रन बनाउदा अलआउट भयो। 

सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पहिलो खेलमा १५ र दोस्रो खेलमा ३७ रनले हराएको थियो। मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .