छैटौं आरवीवी-एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगका लागि नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबीच सहकार्य हुने भएको छ।
प्रतियोगिताको प्रायोजन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गर्ने सहमति भएको नेपाल भलिबल संघले जनाएको छ।
मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकले संघलाई १८ लाख प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएकाे छ।
प्रतियोगिता आगामी २०७९ वैशाख १८ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने छ।
लिगमा पुरुष तर्फ ७ टिम र महिला तर्फ ५ टिम गरी जम्मा १२ टिमको सहभागिता रहने छ।
यस प्रतियोगितामा संघले गतसाल प्रथम, द्वितीय, तृतीय, चौथो हुने टिमले पाएको पुरस्कार राशिमा समेत दोब्बर वृद्धि गर्दै क्रमशः नगद ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन्।
यस्तै, उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही २५÷३५ हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेन्टर ब्लकर, सर्भर, स्पाईकर, लिवेरी र प्रशिक्षकले जनही १५÷१५ हजार प्राप्त गर्नेछन्।
यस्तै, उपत्यका बाहिरबाट लिगमा छनौट भएका क्लबहरुलाई प्रोत्साहन एवं बाटो खर्च स्वरुप रु ७० हजार संघले प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ। यस प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ५५ लाख खर्च लाग्ने र बाँकी रकम जुटाउन संघले अहिले पनि विभिन्न संघ संस्थासँग सहकार्य गर्ने प्रयत्न गरिरहेको जनाएको छ।
Shares
प्रतिक्रिया