ad ad

खेल


राखेप फर्किने सिलवालको बाटो बन्द, सर्वोच्चले खारेज गर्‍यो रिट

राखेप फर्किने सिलवालको बाटो बन्द, सर्वोच्चले खारेज गर्‍यो रिट

नेपालखबर
चैत २२, २०७८ मंगलबार १७:४२, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बर्खास्त गरेपछि सिलवालले हालेको रिटलाई सर्वोच्चले मंगलबार खारेज गरिदिएपछि नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेकोछ। 

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालको रिट खारेज गरिदिएसँगै राखेपको किचलो पनि तत्काललाई हटेको छ। 

रिट खारेज भएसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्त सिलवाल अब राखेपमा फर्केर काम सम्हालल्ने बाटो पनि बन्द भएको छ।

राखेपमा दुई सदस्य सचिव हुँदा दैनिक काम नै रोकिएको थियो। गठबन्धन सरकारले बर्खास्त गरेपछि सिलवाल सर्वोच्च पुगेका थिए। 

सरकारले सिलवाललाई बर्खास्त गरेर घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .