एएफसी कप छनोटको प्रारम्भिक चरणको छनोटको पहिलो खेलमा नै घरेलु टोली मछिन्द्र फुटबल क्लब २–१ ले पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार एससीसँग पराजित भएसँगै अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ।
खेलको पहिलो हाफमा ब्लु स्टारले बनाएको अग्रता नै पर्याप्त भयो।
ब्लुस्टारका लागि मोहमेद इसान र सेनाल सन्देशले समान १ गोल गरे।
अतिरिक्त समयको चौथो मिनेटमा सुजल श्रेष्ठले सान्त्वना गोल फर्काए।
जितसँगै ब्लु स्टारले दोस्रो चरणमा भारतको मोहन बगान सँग खेल्नेछ।
खेलको नवौँ मिनेटमा ओमोलाजा नुरेन करिमबाट आएको हेडर बललाई विमल घर्तीमगरले मैदानको बीचबाट लगेको बललाई नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार बाहिरिदा मछिन्द्र अग्रता बनाउनबाट चुक्यो।
१५औं मिनेटमा ब्लु स्टार एससीले पाएको पेनाल्टीको अवसर गोलरक्षक विशाल श्रेष्ठले बचाए। देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्रीले श्रीलंकालाई पेनाल्टी दिएका थिए।
एरेपाडे ओमबेबेको पेनाल्टी प्रहार विशालले बचाए रिवाउन्डमा आएको बलले भने पोष्टको दिशा लिन सकेन।
२४औं मिनेटमा फजलको चलाखीपुर्ण फ्रिकिकमा मोहमेद इसानको गोलमा ब्लु स्टारलाई अग्रता दिलाए। २८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे।
Shares
प्रतिक्रिया