च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले एथ्लेटिको मड्रिडमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
मंगलबार भएको खेलको ७० औं मिनेटमा म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुयनले गरेको गोल नै निर्णायक साबित भयो।
आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले महत्वपूर्ण अग्रता हात पारेको हो।
यी दुई टोलीबीचको क्वार्टरफाइनलको दोस्रो खेल अप्रिल १४ मा एथ्लेटिको मड्रिडको घरेलु मैदानमा हुनेछ।
उक्त खेलले सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ।
42
Shares
प्रतिक्रिया