ad ad

खेल


आईपीएलः मुम्बईमाथि कोलकाताको जित

आईपीएलः मुम्बईमाथि कोलकाताको जित

नेपालखबर
चैत २४, २०७८ बिहिबार ७:९, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि ५ विकेटको जित हात पारेको छ। 

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको पाली खेलेका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

कोलकातालाई जित दिलाउने क्रममा प्याट कमिन्सले केवल १५ बल खेल्दै अविजित ५६ रन बनाए।

त्यस्तै वेन्कटेश ऐय्यरले अविजित ५० रनको पाली खेले । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .