इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर तथा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्वसहकर्मीको आफूप्रतिको धारणाको आलोचना गरेका छन्।
एक इन्टरभ्युका क्रममा चर्चित खेलाडी वायन रुनीले म्यानचेस्टर युनाइटेडको भविष्यको लागि बूढाभन्दा युवा खेलाडीलाई ल्याउनुपर्ने सुझाव दिएका थिए।
सोही इन्टरभ्युको तस्बिर रुनीले आफ्नो इन्स्टामा सेयर गरेका थिए। रुनीको पोस्टमा कमेन्ट गर्दै रोनाल्डोले आफ्नो इर्ष्या गरेको भन्दै रुनीको आलोचना गरेका हुन्।
रुनी पनि रोनाल्डोकै सहकर्मी खेलाडी हुन्। उनले इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडको लागि कीर्तिमानी गोल गरेका छन्। हाल उनी ईएफएल च्याम्पियनसिप क्लब डर्बी काउन्टीको प्रशिक्षक रहेका छन् भने रोनाल्डो म्यानचेस्टर युनाइटेडमै फर्किएका छन्।
पछिल्लो समय म्यानचेस्टर युनाइटेडले राम्रो नतिजा निकाल्न सकिरहेको छैन।
Shares
प्रतिक्रिया