ad ad

खेल


प्रतिनिधि छनोटको विवादले एन्फा निर्वाचन प्रकिया तत्कालका लागि स्थगित

प्रतिनिधि छनोटको विवादले एन्फा निर्वाचन प्रकिया तत्कालका लागि स्थगित

नेपालखबर
चैत २५, २०७८ शुक्रबार ६:५२, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि प्रतिनिधि छनोटको विषयमा उजुरी परेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित भएको छ। 

सी डिभिजन क्लबको मताधिकार सम्बन्धी लिखित उजुरी परेपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको हो।

निर्वाचन संयोजक श्रीराम दवाडीले भने, ‘प्रतिनिधि छनोटको विषयमा विवाद भन्दा पनि बी र सी डिभिजन क्लबबाट प्रतिनिधि छनोट गर्ने क्रममा केही अस्पष्टता रहेका छन्, क्लबबाट मताधिकारको अधिकार लिएर आएका प्रतिनिधि छनोट गर्ने क्रममा केही अस्पष्टता देखिएको छ। त्यसबारेमा जानकारी लिन यसअघि कसरी कसरी गरिएको थियो निर्वाचन भनेर हामीले जानकारी मागेका छौँ।’

यो विषयमा निर्वाचन निर्देशिका विपरित नहुने गरी गर्न एन्फाको केन्द्रीय अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव रहेको सचिवालयले जानकारी दिनेछ। 

उनले थपे, ‘हामी निर्देशिका र विधान विपरित जान सक्दैनौ अहिले प्रतिनिधि छनोटका व्यक्तिको विषयमा कसरी निर्णय लिने त्यसबारे खुलाएर लिखित रुपमा दिनुहोस् त्यसअनुसार गर्छौं भनेका छौँ। अब केन्द्रीय कमिटि र सचिवालयको बैठक छिटो बस्ला र निर्णय गर्ला। निर्देशिका विपरीत आफूहरुले काम गर्न नसक्ने र त्यसबारेमा स्पष्ट पारेर दिशानिर्देश गर्नुहोला भन्ने आशा गरेका छौँ।’

एन्फा निर्वाचन निर्देशिकाको १, २ अनुसार निर्वाचन कार्यक्रम प्रकाशन र मतदाता नामावली सार्वजनिक भइसकेको छ। तेस्रो नम्बरदेखिको प्रक्रिया केन्द्रीय समितिबाट खुलाई आउनसाथ काम अघि बढाउने संयोजक दवाडीले बताए। 

एन्फा निर्वाचन सम्बन्धमा सी डिभिजन मताधिकारका लागि ओसिस क्लबका अध्यक्ष उत्तम बस्नेतले निर्वाचन प्रक्रियामा प्रतिनिधिहरुको विषयमा लिखित निवेदन उजुरी दिएका थिए।

सो सम्बन्धमा एन्फा सचिवालयबाट निर्वाचनको कागजात र प्रक्रियाको पूर्ण विवरण नआउँदासम्म निर्वाचन कार्यतालिकामा प्रकाशित क्रम.स. ३ देखिका सबै काम स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .