ad ad

खेल


एन्फा निर्वाचन असार पहिलो साता

एन्फा निर्वाचन असार पहिलो साता

नेपालखबर
चैत २६, २०७८ शनिबार ८:५३, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन २०७९ असार ६ गते हुने भएको छ।

आन्तरिक रुपमा असार ६ गते निर्वाचन गर्ने भनिए पनि एन्फा कार्यसमितिबाट भने नयाँ मिति अनुमोदन हुन बाँकी रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।

यसअघि २०७९ जेठ १५ गतेका लागि निर्वाचन भएको थियो। 

एन्फाले २०७९ वैशाख १ देखि १० गते सम्मका लागि जिल्ला संघको निर्वाचन गरि सक्न यसअघि नै पत्राचार गरिसकेको छ।

जिल्ला संघका निर्वाचनमा विवाद आएको खण्डमा अपिलको लागि समय अपर्याप्त हुने देखिएपछि झण्डै ३ साता निर्वाचन सार्ने तयारी गरेको तुलाधरले बताए। 

अध्यक्ष कर्मा छिरिङ शेर्पा फिफाको  कांग्रेसबाट फर्के पनि निर्वाचन सार्ने विषयमा सहमति लिएर फर्केको र उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँग पनि छलफल गरेर असार ६ गतेका लागि निर्वाचन मिति तय गरेको तुलाधरले बताए। उनका अनुसार अब बस्ने एन्फा कार्यसमितिको बैठकले निर्वाचन मिति अनुमोदन गर्नेछ। 

निर्वाचनको ३५ दिन अघि नै एन्फाले मतदाताको नामावली निर्वाचन समितिलाई बुझाई सक्नुपर्ने जनाउँदै तुलाधरले थपे, जिल्ला निर्वाचन त्यसपछिको अपिल समय र निर्वाचित मिति अघिको ३५ दिनको समय सीमालाई ध्यानमा राखेर नै नयाँ मिति तय गरिएको हो। 

एन्फा निर्वाचनमा ८७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन्। एन्फा कार्यसमितिमा रहेका निर्वाचित मानार्थ, महासचिव, कोषाध्यक्ष, सीईओलगायतले भने प्रतिनिधि हुन पाउनेछैनन् ।

७ प्रदेशबाट ४५, १४ ए डिभिजन क्लबबाट १४, १४ बी डिभिजन क्लबबाट ११, १४ सी डिभिजन क्लबबाट ९ जनाले मताधिकार प्राप्त गर्नेछन्।

त्यस्तै ४ संघ (महिला, प्रशिक्षक, खेलाडी र रेफ्री) बाट समान १ तथा राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लबबाट समान १ एन्फा निर्वाचनका लागि मताधिकार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .