ad ad

खेल


आठ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो पुलिस क्लब

आठ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो पुलिस क्लब

नेपालखबर
चैत २६, २०७८ शनिबार १८:१, काठमाडौँ

ललितपुरमा सम्पन्न प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पिनयसिपमा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। 

१७ इभेन्ट्समा भएको च्याम्पिनयसिपमा नेपाल पुलिस क्लबले ८ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो।च्याम्पियनसिपमा पुलिस क्लबले ८ स्वर्ण, ४ कास्य पदक हात पारेको छ। 

त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रह्यो। आर्मीले ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै दोस्रो भयो। एपीएफले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्यो। प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जिते।

नेपाल पुलिस क्लबका लागि साजन मोक्तानले अन्तिम स्वर्ण आफ्नो नाममा गराए। उनले ५० केजी तौल समुहमा एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन्। 

त्यसअघि भएको ६७ केजी तौल समुहमा नविन रसाइलीले स्वर्ण जिते। नविनले ६७ केजी तौल समूहको फाइनलमा एपिएफका सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक पक्का गरे। 

महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३ –३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जितिन्। आजै भएको पुरुष ४४ केजी तौल समूहमा एपिएफका विजय श्रेष्ठले स्वर्ण जिते। विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .