ललितपुरमा सम्पन्न प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश १ का रोजन खड्का र त्रिभुवन आर्मी क्लबकी कुसुम खड्का सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
शनिबार सम्पन्न प्रतियोगितामा रोजनले पहिलो दिन विभागीय चुनौतीलाई पाखा लगाउँदै स्वर्ण पदक हात पारेका हुन्। फाइनलमा उनले त्रिभुवन आर्मी क्लबका सुरेश जाप्रेललाई हराएका हुन्। ३ मिनेटको बाउटमा ६–६ को बराबरी भएको थियो। बढी फउलका कारण सुरेश रजतमा सीमित भए।
महिलातर्फ त्रिभुवन आर्मी क्लबकी कुसुम खड्का सर्वोत्कृष्ट खेलाडी बनिन्। १३औँ दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता कुसुमले ललितपुरमा सम्पन्न प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा पनि महिला ४५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्।
प्रतियोगिातमा कुसुमले आर्मीलाई पहिलो स्वर्ण दिलाएकी हुन्। फाइनलमा कुसुमले मधेस प्रदेशकी प्रोसिया चौधरीलाई १०–५ ले हराएकी हुन्।
Shares
प्रतिक्रिया