ad ad

खेल


म्यानचेस्टर युनाइटेड पराजित, एभर्टनले टार्‍यो रेलिगेसन जोखिम

म्यानचेस्टर युनाइटेड पराजित, एभर्टनले टार्‍यो रेलिगेसन जोखिम

नेपालखबर
चैत २६, २०७८ शनिबार १९:५८, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा रेलिगेसनको जोखिमा परेको एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

लगातार पराजित भइरहेको एभर्टनले शनिबारको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएसँगै प्रशिक्षक फ्रान्क लाम्पार्डको संकट पनि तत्काललाई टरेको छ। 

युनाइटेडलाई हराएसँगै एभर्टनले यो सिजन रेलिगनमा झर्ने जोखिम पनि अब लगभग टारेको छ।

उता एभर्टनसँग पराजित भएसँगै युनाइटेले आगामी सिजन च्याम्पिन्यस लिग फुटबल खेल्ने सम्भावना करिब समाप्त हुँदै गएको छ।

एभर्टनलाई महत्वपूर्ण तीन खंक दिलाउने क्रममा खेलको २७ औँ मिनेटमा गोर्डोनले निर्णायक गोल गरेका थिए।

क्रिस्टियानो रोनाल्डोलाई सुरुमै मैदानमा उतारेको युनाइटेडको अग्रपंक्ति एभर्टनविरुद्ध चल्न सकेन। 

यो हारसँगै युनाइटेडले ३१ खेलबाट ५१ अंक बनाएको छ। अर्कातिर जित निकालेको एभर्टनले ३० खेलबाट २८ अंक बनाएको छ। 

युनाइटेडभन्दामाथि वेस्टह्याम, टोटनहम र आर्सनल च्याम्पियन्स लिगको प्रतिस्पर्धामा छन्। तर आर्सनले युनाइटेडभन्दा २ खेल कम खेलेर ५५ अंक बनाइसकेको छ।

उता एभर्टन तालिकको पुच्छरबाट चौथोमा छ। एभर्टनसँगको हारले युनाइटेडका अन्तरिम प्रशिक्षकमाथि दबाब बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .