ad ad

खेल


म्यानचेस्टर युनाइटेड एकै गोलमा हार्‍यो, आर्सनलले चौथो स्थानमा उक्लिने अवसर गुमायो

म्यानचेस्टर युनाइटेड एकै गोलमा हार्‍यो, आर्सनलले चौथो स्थानमा उक्लिने अवसर गुमायो

नेपालखबर
चैत २७, २०७८ आइतबार ७:१६, काठमाडौँ

इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेड र आर्सनल हारेका छन्। 

शनिबार राति गुडिसन पार्कमा भएको प्रतिस्पर्धामा युनाइटेड घरेलु टोली एभर्टनसँग १–० ले हारेको हो। एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोलबाटै युटाइटेड पराजय बेहोर्न बाध्य भएको हो। 

योसँगै ३१ खेल खेलेको युनाइटेड ५१ अंकका साथ सातौं स्थानमा छ। ३० खेल खेलेको एभर्टन भने २८ अंक  जोडेर १७औं स्थानमा छ।

शनिबार राति नै भएको अर्काे खेलमा आर्सनल आफ्नै मैदानमा हारेको छ। इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ ले हारेको हो।

ब्राइटनका लियान्द्रो ट्रोससार्ड र इनक मिपाले गोल गर्दा घरेलु टोली आर्सनलबाट मार्टिन ओडेगार्डले मात्र गोल हाने।  

इङ्गलिस प्रिमियर लिगमा आर्सनल लगातार दोस्रोपटक हारेको हाे। योसँगै उसले शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ। 
यसअघि आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले हारेको थियो। 

उता जितसँगै ब्राइटन ३१ खेलबाट ३७ अंक बनाएर ११औं स्थानमा उक्लिएको छ भने पराजित आर्सनल ३० खेलबाट ५४ अंक जोडेर पाँचौ स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .