ad ad

खेल


सनले ह्याट्रिक गर्दा एस्टनविरुद्ध टोटनहमको शानदार जित

सनले ह्याट्रिक गर्दा एस्टनविरुद्ध टोटनहमको शानदार जित

नेपालखबर
चैत २७, २०७८ आइतबार ७:४१, काठमाडौँ

दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गर्दा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परको शानदार जित भएको छ।

शनिबार राति भिल्ला पार्क बर्मिङघममा भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई उसकै मैदानमा ४–० ले हराएको हो। 

खेलको तेस्रो मिनेटमै गोल गरेर ह्युङ मिन सनले टोटेनहमलाई सुरुवाती दिलाए भने ५०औं मिनेटमा डिजान कुलुसेभ्स्कीले अर्काे गोल थपे। ६६औं मिनेटमा र ७१औं मिनेटमा गरेर सनले अरू दुई गोल थपेपछि टोटेनहमको शानदार जित भएको हो। 

जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंक बनाएर चौथो स्थानमा उक्लिएको छ भने पराजित एस्टन भिल्ला ३१ खेलबाट ३६ अंकका साथ १२औं स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .