ad ad

खेल


नेकोस दोलखाको अध्यक्षमा विनोद मोक्तान

नेकोस दोलखाको अध्यक्षमा विनोद मोक्तान

नेपालखबर
चैत २८, २०७८ सोमबार १८:५४, काठमाडौँ

नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित भएका छन्। 

सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षमा नोर्बु तमाङ, महिला उपाध्यक्षमा सावित्रा उप्रेती, सचिवमा दामोदर जोशी, सहसचिवमा हरिवंश बुढाथोकी र रमेश रेग्मी तथा कोषाध्यक्षमा पवन खड्का रहेका छन्। 

अधिवेशनको उद्घाटन गर्दै महासंघका स्थायी कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख प्रभातविक्रम कटवालले खेल क्षेत्रको दिगो विकासका लागि महासंघले एक वडा एक खेल मैदान र एक पालिका एक रंगशालाको निति लिएको बताए।

अधिवेशनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले बागमती प्रदेश कमिटी  सदस्य लक्ष्यण गुभाजु, एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ, महासंघका स्थायी कमिटी सदस्य एवं प्रवक्ता उमेश केसी, स्थायी कमिटी सदस्य विदुर शर्मासहित उपस्थित थिए। 

नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्य हरुलाई प्रमुख अतिथि कटवालले पद तथा गोपनीयताको सपथ गराएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .