ad ad

खेल


आईपीएलः गुजरात टाइटन्सको पहिलो हार

आईपीएलः गुजरात टाइटन्सको पहिलो हार

नेपालखबर
चैत २९, २०७८ मंगलबार ६:३५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्स सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो। गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित ५० रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १९ ओभर १ बल खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको पाली खेले। हैदराबादको लागि यो दोस्रो जित हो। 

आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .