ad ad

खेल


च्याम्पियन्स लिगः क्वार्टरफाइनलबाट बाहिरियो बार्यन, भिल्लारियल सेमिफाइनलमा

च्याम्पियन्स लिगः क्वार्टरफाइनलबाट बाहिरियो बार्यन, भिल्लारियल सेमिफाइनलमा

नेपालखबर
चैत ३०, २०७८ बुधबार ६:४७, काठमाडौँ

बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ।

क्वार्टफाइनलमा भिल्लारियलसँग पराजित हुँदै बार्यन लिगबाट बाहिरिएको हो।

क्वार्टरफाइनलअन्तर्गत मंगलबार राति भएको दोस्रो लेगको खेलमा भिल्लारियल र बार्यन १–१ गोल अन्तरको बराबरीमा रोकिएका हुन्।

यससँगै समग्रमा भिल्लारियलले २–१ गोल अन्तरको जित हात पारेको हो। 

मंगलबार भएको खेलको ५२ औं मिनेटमा बार्यनका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको ८८ औं मिनेटमा भिल्लारियलका सामुएल चुक्वुएजले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनमा पुर्‍याए।

सेमिफाइनलमा भिल्लारियलले बेन्फिका वा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .