इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २३ रनको जित हात पारेको छ।
मंगलबार पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल लक्ष्य खडा गरेको थियो।
चेन्नईका लागि शिवम दुवेले अविजित ९५ रन तथा रोबिन उथप्पाले ८८ रनको पाली खेले।
जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो।
चेन्नईका महीश थीक्सनाले ४ विकेट लिए।
जारी आईपीएलमा पाँचौं खेलमा चेन्नईको लागि यो पहिलो जित हो।
87
Shares
प्रतिक्रिया