ad ad

खेल


अर्जेन्टिनासँग नेपालको मैत्रीपूर्ण फुटबल खेलाउन खेलकुदमन्त्रीको प्रस्ताव

अर्जेन्टिनासँग नेपालको मैत्रीपूर्ण फुटबल खेलाउन खेलकुदमन्त्रीको प्रस्ताव

नेपालखबर
चैत ३०, २०७८ बुधबार १२:६, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवी बीच भेट भएको छ। 

भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। 

दुई देश बीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने भन्दै मन्त्री अथकले राजदूत गोवी मार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्। 

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा मन्त्री अथक र राजदूत गोवीबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .