ad ad

खेल


दीपेन्द्र ऐरी आईसीसी वरियताको शीर्ष १० मा

दीपेन्द्र ऐरी आईसीसी वरियताको शीर्ष १० मा

नेपालखबर
चैत ३०, २०७८ बुधबार १६:४७, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी२० आई वरियताको शीर्ष १० मा परेका छन्।

आईसीसीले जारी गरेको नयाँ वरियतामा टी२० आईको अलराउण्डरको शीर्ष १० मा परेका छन्।

उनी आइसीसी वरियताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले कुल १ सय ५२ रेटिङ अंक पाएका छन्।

यसअघि २०१९ मा टी२० आईको अलराउन्डर तर्फ पूर्व कप्तान पारस खड्का २५ औं स्थान थिए। 

ब्याटिङतर्फ दीपेन्द्र ३८ औं स्थानमा छन्। कुशल भुर्तेल ३६ औं स्थानमा हुँदा आरिफ शेख ९९ औं स्थानमा छन्। टी२० आईको बलिङतर्फ सन्दीप लामिछाने ३८ र अभिनाश बोहरा ८६ औं स्थानमा छन्।

गत साता घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी२० आई सिरिजमा च्याम्पियन बनाउन दीपेन्द्रले कीर्तिमानी शतकसहित उत्कृष्ट प्रर्दशन गरेका थिए। 

दीपेन्द्रले त्रिकोणात्मक सिरिजको ५ खेलमा १ शतक र २ अर्धशतक सहित कुल २ सय ५५ रन बनाएका थिए। बलिङतर्फ भने ५ खेलमा ७ विकेट झारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .