म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएका क्वार्टरफाइनलको दोस्रो लेगमा एथ्लेटिकोलाई गोलरहित बराबरीमा रोक्दै सिटीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
यसअघि पहिलो लेगमा सिटीले एथ्लेटिकोमाथि १–० गोल अन्तरको जित हात पारेको थियो। यससँगै समग्रमा सिटीले १-० को जित हात पारेको हो।
बुधबार भएको दोस्रो लेगको तनावपूर्ण खेलको अन्तिम समयमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो।
यससँगै अब सेमिफाइनलमा सिटीले रियल मड्रिडको सामना गर्नेछ।
135
Shares
प्रतिक्रिया