ad ad

खेल


आईपीएलः मुम्बई इन्डियन्सको लगातार पाँचौं हार

आईपीएलः मुम्बई इन्डियन्सको लगातार पाँचौं हार

नेपालखबर
बैशाख १, २०७९ बिहिबार ८:१८, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्समाथि १२ रनको जित हात पारेको छ।

मुम्बई इन्डियन्सको लागि यो लगातार पाँचौं हार हो। बुधबार भएको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाब किंग्सले ५ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १९८ रन बनाएको थियो। 

पञ्जाबका लागि मयांक अग्रवालले ५२ रन बनाए भने शिखर धावनले ७० रनको पाली खेले। 

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ४९ र सूर्यकुमार यादवले ४३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

पञ्जाबमा ओडियन स्मिथले ४ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .