ad ad

खेल


इंग्लिस प्रिमियर लिग क्लब बर्नलेले बर्खास्त गर्‍यो प्रशिक्षक

इंग्लिस प्रिमियर लिग क्लब बर्नलेले बर्खास्त गर्‍यो प्रशिक्षक

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार १७:२६, काठमाडौँ

करिब एक दशकदेखि इंग्लिस प्रिमियर लिग क्लव बर्नलेको प्रशिक्षक रहेका सिन डेची बर्खास्त भएका छन्। 

लिगमा लगातार खराब प्रर्दशन गरेसगैँ सिनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको हो। 

यो सिजन ३० खेलमा ४ खेलमा जित, १२ खेलमा बराबरी र १४ खेलमा हार व्यहोर्दै २४ अंक बनाएको छ।

लगातारको खराब प्रर्दशनले टोली रेलिगेसनमा जाने खतरा रहेको भन्दै उनलाई बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ। 

सिन २०१२ देखि बर्नलेको प्रशिक्षकका रुपमा थिए। यो आफुहरुलाई लागि कठिन निर्णय भएपनि अहिले परिवर्तनको आवश्यक्ता महसुस गर्दै उनलाई बर्खास्त गरेको क्लबका प्रमुख एलन पेसले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .