इंग्ल्यान्डका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट क्रिकेट टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन्।
सन् २०१७ मा टेष्ट टोलीको कप्तानी सम्हालेको रुटले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि कप्तान पद त्याग्ने निर्णय गरेका हुन्।
रुटले एलिष्टर कुकले कप्तानी छाडेपछि टेष्ट टोलीको कमानी सम्हालेका थिए।
टोलीको कप्तानी छाडेपछि रुटले यो आफ्नो लागि सही समय भएको बताए। उनका लागि यो निकै कठिन निर्णय हो तर परिवार र नजिकका व्यक्तिसँगको छलफलपछि यो समय उपयुक्त लागेर आफूले कप्तानी पद छाडेको बीबीसीले उल्लेख गरेको छ।
उनले भने, ‘यो ५ वर्षमा मेरो मैले देशको लागि केही गर्न पाइयो नै मेरो लागि गौरवपूर्ण कुरा हो।’
रुट जुन इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक खेल जित्ने कप्तान हुन्। उनले ६४ टेस्ट खेलमा कप्तानी गर्दा २७ मा जित निकालेका छन्।
रुटले कप्तानीमा रहँदा ५ हजार २ सय ५९ रन बनाउँदा १४ शतक प्रहार गरेका छन्।
Shares
प्रतिक्रिया