ad ad

खेल


नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

नेपालखबर
बैशाख ५, २०७९ सोमबार ६:३७, काठमाडौँ

फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सिल्लेमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।

आइतबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको १२ औं मिनेटमा नेयमारले गोल गरे भने पहिलो हाफको इन्ज्युरी समयमा कायलिन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरे। 

यससँगै पीएसजीले लिगमा दोस्रो स्थानमा रहेको मार्सिल्लेसँगको अंकदुरी १५ पुर्‍याएको छ।

पीएसजीले ३२ खेलबाट ७४ अंक जोडेको छ भने मार्सिल्लेले समान खेलबाट ५९ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .