स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको छ।
खेलको ४८ औं मिनेटमा काडिजका लागि लुकास पेरेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो।
बार्सिलोनाको लागि गत डिसेम्बर ४ पछि यो पहिलो हार हो।
लिगमा बार्सिलोना पछिल्लो १५ खेलमा अपराजित थियो। यससँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडसँगको अंकदुरी छोट्याउने अवसर पनि गुमाएको छ।
अब लिगको ७ खेल बाँकी रहँदा रियल बार्सिलोनाभन्दा १५ अंकले अगाडि छ।
93
Shares
प्रतिक्रिया