ad ad

खेल


आईपीएलः बटलरको शतकमा कोलकातामाथि राजस्थानको जित

आईपीएलः बटलरको शतकमा कोलकातामाथि राजस्थानको जित

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार ६:५२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको जित हात पारेको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनाएको थियो।

विशाल स्कोर खडा गर्ने क्रममा राजस्थान रोयल्सका लागि जोस बटलरले १०३ रनको शतकीय पाली खेलेका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि आरोन फिन्चले ५८ तथा श्रेयस एय्यरले ८५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। राजस्थानका यजुवेन्द्र चहलले ५ विकेट लिए। 

यससँगै राजस्थान लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट ८ अंक जोडेको छ।

कोलकाताले भने ७ खेलबाट ६ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .