ad ad

खेल


नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियललाई प्रतिबन्ध

नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियललाई प्रतिबन्ध

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार १६:५४, काठमाडौँ

मध्यपुर युथ एसाेसिएसनविरुद्धको खेलमा अभद्रपूर्ण व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँबस्ती युथ क्लबलाई कारबाही गरेको छ।

एन्फाको लिग कमिटीको बैठकले बी डिभिजन क्लब नयाँबस्तीलाई ३ लाख जरिवानासँगै खेलाडी र अफिसियललाई प्रतिबन्ध लगाएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले अफिसियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनैपनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरि निलम्बन गरेको हो। यस्तै क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको हो। 

सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत गत ९ अप्रिलमा भएको खेलमा मध्यपुर युथ एसोसिएसनसँगको खेलमा ३–१ ले पराजित भएपछि अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले कारबाही गरेको हो।

नयाँबस्तीले ११औं स्थानमा रहेर बी डिभिजन लिगको अन्त्य गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .