ad ad

खेल


सलाहको २ गोलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

सलाहको २ गोलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित

नेपालखबर
बैशाख ७, २०७९ बुधबार ६:३६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको महत्वपूर्ण जित हात पारेको छ।

मंगलबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा मोहम्मद सलाहले २ गोल गरे। त्यस्तै लुइस डियाज र साडियो मानेले १/१ गोल थपे । 

यसअघि गत अक्टोबरमा पनि लिभरपुलले युनाइटेडमाथि ५–० गोल अन्तरको जित हात पारेको थियो।

प्रिमियर लिगको एकै सिजनमा युनाइटेडविरुद्ध कम्तीमा ८ गोल प्रहार गर्ने लिभरपुल पहिलो क्लब बनेको छ। 

यससँगै लिभरपुल लिगको शीर्षस्थानमा पनि उक्लिएको छ। ३२ खेलबाट उसले ७६ अंक बटुलेको छ।

यद्यपि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले १ खेल कम खेल्दै ७४ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .