ad ad

खेल


आईपीएलः लखनउमाथि बेंग्लोरको जित

आईपीएलः लखनउमाथि बेंग्लोरको जित

नेपालखबर
बैशाख ७, २०७९ बुधबार ७:६, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्टलाई १८ रनले हराएको छ।

पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। 

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रनको पाली खेले। 

जवाफी ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रन मात्र बनाउन सक्यो।

लखनउका कुनाल पान्ड्याले ४२ रन बनाए। 

बेंग्लोरका जोस हजलवुडले ४ विकेट लिएका थिए। 

यससँगै बेंग्लोर लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले ७ खेलबाट १० अंक हात पारेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .