ad ad

खेल


बीवाइसी महिला गोल्डकप फुटबलको फाइनलमा एपीएफ

बीवाइसी महिला गोल्डकप फुटबलको फाइनलमा एपीएफ

नेपालखबर
बैशाख ७, २०७९ बुधबार २२:१३, काठमाडौँ

विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। 

बुधबार राति धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–२ पाखा लगाउँदै एपीएफ फाइनलमा पुगेको हो। 

एपीएफका लागि सरु लिम्बुले दुई तथा सावित्रा भण्डारीले एक गोल गरे। आर्मीका लागि सपना लामा र हेमा चौधरीले समान एक गोल गरे। 

पहिलो हाफमा २–० ले अघि रहेको एपीएफले दोस्रो हाफमा सोही लयलाई कायम राख्न सकेन। 

खेलको २३ औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

३४ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। खेलको ७१  औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्।

तर ८७ औँ मिनेटमा सपना लामाले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काउने प्रयास गरिन्। अतिरिक्त समयको दोस्रो मिनेटमा आर्मीकी हेमा चौधरीले गोल गर्दै अन्तर कम गरे पनि  टोली सकिनन्। 

प्रतियोगितामा एपीएफकी सरु लिम्बु प्लेयर अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन्। 

एपीएफले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ। 

दोस्रो सेमिफाइनलमा बिहिबार आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .