ad ad

खेल


पीएसजीको जितमा एमबाप्पेको गोल

पीएसजीको जितमा एमबाप्पेको गोल

नेपालखबर
बैशाख ८, २०७९ बिहिबार ७:२०, काठमाडौँ

फ्रेन्च लिग वानअन्तर्गत बुधबार भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले एन्जर्समाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।

यससँगै पीएसजी लिगका उपाधि नजिक पुगेको छ। बुधबारै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको मार्सिलेले पनि जित हात पारेसँगै उसले गणितीय सम्भावना जीवित राखेको छ। 

नेयरमार  र लियोनेल मेस्सी विना नै मैदानमा उत्रिएको पीएसजीको लागि खेलको २८ औं मिनेटमा कायलिन एमबाप्पेले गोल गरे।

त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए। त्यस्तै तेस्रो गोल मार्किन्होसले गरे। 

लिगको ५ खेल बाँकी रहँदा पीएसजीले दोस्रो स्थानको मार्सिलेमाथि १५ अंकको स्पष्ट अग्रता हात पारेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .