स्पेनिस ला लिगाअन्तर्गत बुधबार भएको खेलमा रियल मड्रिडले ओसासुनामाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
खेलको १२ औं मिनेटमा नै रियलका डेभिड अलाबाले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसको १ मिनेटपछि नै एन्टे बुडिमिरले ओसासुनाको लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
यद्यपि खेलको ४५ औं मिनेटमा मार्को एसेन्सिओ र लुकास भाज्क्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको दोस्रो हाफमा रियल मड्रिडले दुई पेनाल्टी पाए पनि करिम बेन्जेमाले दुवै पेनाल्टीमा गोल गर्ने अवसर भने गुमाएका थिए।
यससँगै रियल उपाधिबाट केवल ४ अंक मात्र टाढा छ। ३३ खेलबाट रियलले ७८ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले समान खेलबाट ६१ अंक हात पारेको छ।
तेस्रोमा रहेको बार्सिलोनाले भने ३१ खेलबाट ६० अंक जोडेको छ।
Shares
प्रतिक्रिया