वेस्ट इण्डिजका सीमित ओभरका कप्तान काइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
आक्रामक ब्याटिङ अलराउन्डर पोलार्डले बुधबार सन्यास घोषणा गरेका हुन्। पोलार्डले २०१९ मा ओडीआई र टी२० आई को कप्तानी गरेका थिए।
३४ वर्षिय अलराउण्डर पोलार्डले १२३ एक दिवसीयमा २ हजार ७०६ रन र ५५ विकेट लिएका छन्।
१०१ टी–२० आईमा १ हजार ५६९ रन बनाउँदा ४२ विकेट झारेका छन्।
५८७ टी–२० क्रिकेटमा ११ हजार ५०९ रन बनाउँदा ३०५ विकेट झारेका छन्।
वेस्ट इन्डिजले सन् २०१२ मा विश्वकप जित्दा उनी टोलीका सदस्य थिए।
48
Shares
प्रतिक्रिया