ad ad

खेल


उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

नेपालखबर
बैशाख ८, २०७९ बिहिबार २१:३१, काठमाडौँ

धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लब भिड्ने भएका छन्। 

धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० ले पाखा लगाउँदै पुलिस क्लबले एपीएफसँगको भेट पक्का गरेको हो। 

पुलिसको जितमा निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरे। प्लेयर अफ दि म्याच समेत बनेकी निर्मलाले ५ हजार रुपैयाँ प्राप्त गरिन्। 

पहिलो हाफमा पुलिस क्लबलाई गोलरहित बराबरीमा रोकेको आयोजक वनदेवी दोस्रो हाफमा सम्हालिन नसक्दा अन्तिम ४ मै रोकिएको हो। 

पुलिसका लागि खेलको ४९ औँ मिनेटमा निर्मला विकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।  ५६ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन्। ६५ औँ मिनेटमा निर्मलाले नै व्यक्तीगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्याइन्। 

एपीएफ र पुलिस उपाधिका लागि शनिबार खेल्नेछन्। 

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–२ पाखा लगाउँदै एपीएफ उपाधि नजिक पुगेको थियो। 

प्रतियोगिताको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .