स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसाइडेडमाथि १–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
बिहीबारको खेलमा बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाउने क्रममा पिएरे एमरिक औबामेयाङले खेलको ११ औं मिनेटमा निर्णायक गोल गरे।
यससँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। ३२ खेलबाट उसले ६३ अंक जोडेको छ।
बार्सिलोना अझै पनि शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा १५ अंकले पछाडि छ ।
रियलले ३३ खेलबाट ७८ अंक हात पारेको छ।
42
Shares
प्रतिक्रिया