ad ad

खेल


आईपीएलः मुम्बईको लगातार सातौं हार

आईपीएलः मुम्बईको लगातार सातौं हार

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार ७:२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि विकेटको जित हात पारेको छ।

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। 

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ५१ रन बनाए। चेन्नई मुकेश चौधरीले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले सबै ओभर खेल्दै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

चेन्नईलाई रोमाञ्चक जित दिलाउने क्रममा महेन्द्रसिंह धोनीले अन्तिम ४ बलमा १६ रन प्रहार गरेका थिए। 

जारी आईपीएलमा चेन्नईको लागि यो दोस्रो जित हो भने मुम्बई अहिलेसम्म कुनै पनि खेलमा जित हात पार्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .