नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबे ए टोलीसँग हुन गइरहेको एकदिवसीय तथा टी–२० सिरिजको लागि २३ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ।
क्यानले घोषणा गरेको टोलीमा सुनिल धमला, किशोर महतो र विनोद भण्डारी पनि परेका छन्।
त्यस्तै युवा बाँया हाते अलराउण्डर बशिर अहमद पनि टोलीमा परेका छन्। बशिर अहमद गत साता भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी बनेका थिए।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अमेरिका र ओमानसँगको सिरिजभन्दा अगाडि नेपालले अभ्यासको लागि जिम्बाबे एसँग खेल्न लागेको हो।
नेपालले वैशाख १७, १९ र २१ गते जिम्बाबे ए टोलीसँग एकदिवसीय खेल खेल्नेछ। त्यस्तै वैशाख २३, २४ र २६ गते टी–२० खेल खेल्नेछ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सर्राफ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला।
Shares
प्रतिक्रिया