ad ad

खेल


३ वर्षपछि बस्दै राखेपको बोर्ड बैठक

३ वर्षपछि बस्दै राखेपको बोर्ड बैठक

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार ११:५८, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक करिब ३ वर्षपछि शुक्रबार बस्दै छ। आठौँ राष्ट्रिय खेलकुदअघि बसेको राखेपको बोर्ड बैठक त्यसयता बस्न सकेको छैन। 

राखेपको १ सय १२ औँ बोर्ड बैठक युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा युवा तथा खेलकुद मन्त्रालयमा बस्दै छ।

बोर्ड बैठकमा मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका र हटाएका सदस्यलाई भने बोलाइएको छैन।

बैठकमा सहभागी हुन गण्डकी खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङ भने काठमाडौँ आएका छन्। 

बैठक नवौं राष्ट्रिय खेलकुद र एशियाली खेलकुदको विषयमा केन्द्रित हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

उनले भने, ‘नवौँ राष्ट्रिय खेलकुदलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गर्छौं, बैठकले गरेका निर्णयहरु आज साँझ नै सार्वजनिक गछौँ।’

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .