ad ad

खेल


१९औँ एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

१९औँ एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १७:२०, काठमाडौँ

१९औँ एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १२औँ बोर्ड बैठकले एसियन खेलकुदमा सहभागी हुने खेलको टुङ्गो लगाएको हो। 

एसियन गेम्समा नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल महिला, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले एशियाली खेलकुदमा भाग लिनेछन्। 

यस्तै टिम गमेममा फुटबल महिला, कबड्डी महिला, महिला भलिबलले स्पर्धा गर्ने सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए। 

महिला भलिबलले एभिसी सेन्ट्रल जोनमा गरेको प्रदर्शन, पुरुष क्रिकेट टोलीले टि–२० वल्र्डकप, सुटिङको ओलम्पिकको नतिजा र ब्याडमिन्टनको विश्व वरीयतालाई आधार मानेर सहभागी गराउने राखेपले तयारी गरेको छ। 

अन्य खेलको भने १३ औँ दक्षिण एसियाली खेलकुद सागको फाइनलमा पुगेको खेललाई आधार मानेर सहभागी गराएको राखेपले जनाएको छ।

राखेपका अनुसार उक्त खेलकुदमा नेपालबाट अनुमानित डेढ सय खेलाडी, २८ प्रशिक्षक र २० व्यवस्थापक सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .