ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुदमा ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

नवौँ राष्ट्रिय खेलकुदमा ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १७:५३, काठमाडौँ

पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

प्रतियोगितामा सात प्रदेश, ३ विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औँ बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै सदस्यसचिव टंकलाल घिसिङले ३८ खेलमा ३८ सय खेलाडीले स्पर्धा गराउने जानकारी दिएका हुन्। 

प्रतियोगिता आयोजकको हैसियतले गण्डकी प्रदेशले २ खेललाई प्रदर्शनी खेलको रुपमा समावेश गर्न गरेको आग्रहलाई स्वीकार गर्दै राखेपले ३८ खेलमा प्रतिस्पर्धा गराउने भएको हो। 

नवौँ खेलकुदमा ६८ सय खेलाडी, १ हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र १ हजार निर्णायकले भाग लिनेछन्। 

नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ। राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ। 

यो पटक रग्बी सेभेन ए साइड प्रतियोगिता पनि हुनेछ। सातौँ राष्ट्रिय खेलकुदमा समावेश गरेको रग्बी खेललाई निरन्तरता दिन नवौँ खेलकुदमा समावेश गर्न लागेको सदस्यसचिव घिसिङले बताए 

नवौँ खेलकुदमा भाग लिनका लागि जेठ १० गतेसम्मको मिति राखेपले तोकेको छ। नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले चालू आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो।  

यसमा केही बजेट गण्डकी प्रदेशले पनि थप्नेछ। अपुग रकमका लागि सरकारसँग माग गरिने सदस्यसचिव टंकलाल घिसिङले बताए। नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ। 

खेलकुदका दौडान आउटडोरमा हुने खेल मौसमका कारण खेलाउन नसकिने अवस्था आए अर्को मितिमा खेलाइने उनको भनाइ छ। 

नवौँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल
एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कवड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक्ट कराते, आइ टि एफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सीङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साईड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .