ad ad

खेल


चोटका कारण पाउल पोग्बाले सिजनको बाँकी खेल गुमाउने

चोटका कारण पाउल पोग्बाले सिजनको बाँकी खेल गुमाउने

नेपालखबर
बैशाख १०, २०७९ शनिबार ७:६, काठमाडौँ

म्याचेस्टर युनाइटेडका पाउल पोग्बाले इंग्लिस प्रिमियरको जारी सिजनका बाँकी खेल गुमाउने भएका छन् ।

युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रंगानिकले चोटको कारण पोग्बाले बाँकी खेलहरु गुमाउने जानकारी दिएका हुन्।

गत मंगलबार भएको लिभरपुलसँगको खेलमा उनको खुट्टामा चोट लागेको थियो। 

यससँगै उनले कम्तीमा चार साता आराम गर्नुपर्ने भएको छ। रंगानिकका अनुसार यससँगै पोग्बा अब यो सिजनमा टोलीमा फर्किने छैनन्।

त्यस्तै अर्को सिजनमा पनि उनी युनाइटेडमा फर्किने सम्भावना कम रहेको रंगानिकको भनाइ छ। 

पोग्बा सन् २०१६ मा ८ करोड ९० लाखको कीर्तिमानी मूल्यमा युनाइटेड गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .