स्पेनिस ला लिगाअन्तर्गतको आइतबारको खेलमा बार्सिलोना रायो भालकानोसँग १–० गोल अन्तरले पराजित भएको छ।
बार्सिलोनाले लगातार तेस्रोपटक घरेलु मैदानमा पराजयको सामना गरेको हो।
आइतबार भएको खेलमा रायो भालकानोका लागि खेलको ७ औं मिनेटमा गार्सिया रिभेराले गरेको गोल नै निर्णायक बन्यो।
यससँगै ला लिगामा बार्सिलोनाले ३३ खेलबाट ६३ अंक जोडेको छ। शीर्षस्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ७८ अंक बटुलेको छ।
अब रियललाई लिगको विजेता बन्न केवल १ अंक मात्र आवश्यक छ।
27
Shares
प्रतिक्रिया