ad ad

खेल


आईपीएलः मुम्बई इन्डियन्सको आठौं हार

आईपीएलः मुम्बई इन्डियन्सको आठौं हार

नेपालखबर
बैशाख १२, २०७९ सोमबार ७:४४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएको खेलमा मुम्बई इन्डियन्स लखनउ सुपर जायन्टसँग ३६ रनले पराजित भएको छ।

मुम्बई इन्डियन्सको लागि जारी आईपीएलमा यो आठौं हार हो। 

आइतबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। लखनउका लागि केएल राहुलले १०३ रनको पाली खेलेका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि रोहित शर्माले ३९ र तिलक वर्माले ३८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। 

यससँगै लखनउले ८ खेलबाट १० अंक हात पारेको छ भने समान खेल खेलेको मुम्बई अंकविहीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .