ad ad

खेल


आईपीएलः चेन्नईमाथि पञ्जाबको जित

आईपीएलः चेन्नईमाथि पञ्जाबको जित

नेपालखबर
बैशाख १३, २०७९ मंगलबार ६:३७, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्समाथि ११ रनको जित हात पारेको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो।

पञ्जाबका लागि शिखर धावनले अविजित ८८ रनको पाली खेले भने भानुका राजपाक्षले ४२ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो।

चेन्नईका लागि अम्बाती रायडूले ७८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। 

जारी आईपीएलमा चेन्नईको लागि यो छैटौं हार हो।

चेन्नईले ८ खेलबाट ४ अंक बनाएको छ भने पञ्जाबले समान ८ खेलबाट ८ अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .