च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भियारियलमाथि प्रिमियर लिग क्वब लिभरपुलले २–० गोलको हसज जित निकालेको छ।
घरेलु मैदानमा लिभरपुलले भियारियललाई पराजित गरेको हो। लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे भने लिभरपुलले एक गोल आत्मघाती उपहार पायो।
खेलको ५३ औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरे भने ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।
यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
6
Shares
प्रतिक्रिया