ad ad

खेल


खेलाडीले क्याम्प छोडेको आधिकारिक जानकारी छैनः एन्फा

खेलाडीले क्याम्प छोडेको आधिकारिक जानकारी छैनः एन्फा

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १६:३१, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका फुटबल खेलाडीले प्रशिक्षण क्याम्प छोडेको बारे आधिकारिक जानकारी नभएको बताएको छ। 

एन्फा महासचिव इन्द्रमान तुलाधरले नेपालखबरसँग कुरा गर्दै खेलाडीहरुले क्याम्प छाडेको विषयमा आधिकारिक जानकारी केही नआएको बताएका हुन्।

उनले भने, ‘खेलाडीहरुले क्याम्प छाडेको विषयमा आधिकारिक जानकारी केही आएको छैन। सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ, फोन उठाएका छैनन्।’ 

उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको सम्पर्कमा १÷२ जना खेलाडी आएको जानकारी दिए। 

‘अध्यक्षज्यूसँग १,२ जना खेलाडी सम्पर्कमा आएका छन् भन्ने सुनेको छु। तर एन्फा सचिवालयमा केही जानकारी छैन’, उनले भने। 

उनले १४ जना खेलाडी हिजै (बुधबार) क्याम्पमा आइसकेको बताए।  

उनले थपे, ‘कोचले १४ जना खेलाडीको नाम दिनुभएको थियो। हामीले पत्र पठाएका छौँ।’

आउने क्रम जारी रहेको उनले बताए। को–को आए भन्ने नाम नदिए पनि साँझ ५ बजेपछि रंगशालामा प्रशिक्षणमा सहभागी हुने बताए। 

उनले रोहित चन्द घाइते भएकोले पठाएको प्रशिक्षक अलमुताइरीले आफूहरुलाई जानकारी दिएको तुलाधरले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .